परिचय

आयु (जीवन) + वेद (विज्ञान)‍= जीवनको विज्ञानको रुपमा चिनिने आयुर्वेद नेपालमा आदिकालबाट शुरु भए पनि एउटा संस्थागत रुपमा प्रताप मल्लको शासन कालबाट शुरु भएको हो।तत्पश्चात सिंहदरवार वैद्यखाना, नरदेवी चिकित्सालय, आयुर्वेद औषधालय, अञ्चल आयुर्वेद औषधालय हुदैं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको रुपमा देश भरी आयुर्वेद संस्थाहरु स्थापना गरिने क्रममा यो संस्था शुरुमा अञ्चल आयुर्वेद औषधालयको नाममा स्थापना भएको थियो ।


हाम्रो देश नेपाल प्रादेशिक संरचनामा आए पछि बागमती प्रदेश सरकारले आ.व.२०७७/०७८ मा यस कार्यालयको नाम परिवर्तन गरी “जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर ” राख्नु भन्दा पुर्व यसको नाम नारायणी अंचल आयुर्वेद औषधालय थियो जुन सर्व प्रथम पर्सा जिल्लाको रानीगंज भन्ने ठाउँमा स्थापना भएको थियो। त्यहाँ बाट २०३४ सालमा सारेर मकवानपुर जिल्ला हेटौडाको सानो पोखरामा सेवा संचालन गरिएको थियो।त्यस पछि २०३८ सालमा आफ्नै भवनबाट सेवा संचालन गरेको यस कार्यालयको पहिलो कार्यालय प्रमुख डा.वैद्यनाथ भट्ट हुनु हुन्थ्यो।यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्य रूपमा आयुर्वेदिक चिकित्सा पद्धतिमा रहेर विभिन्न किसिमका सर्ने तथा नसर्ने रोगहरुको उपचार गरिनुको साथै भविष्यमा रोगहरु लाग्न नदिन तथा त्यसबाट बच्नका लागि दिनचर्या रात्रीचर्या ऋतुचर्या आहार विहार, संशमन संशोधन चिकित्सा, योग पञ्चकर्म आदि जस्ता सेवा  तथा अन्य वैकल्पिक चिकित्साहरु पनि संचालन ल्याएको छ साथै ल्याव सेवा, २३ प्रकारका अत्यावश्यक औषधी निशुल्क रुपमा वितरण, मातृशिशु सुरक्षार्थ सेवाकाऔषधिहरु वितरण, जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवाका औषधिहरु वितरण बाहेकका अन्य औषधीरु सशुल्क-फार्मेसीबाट प्रदान गरिन्छ ।यस कार्यालय बाट दिईने सेवाहरु निम्न प्रकार छन्।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , मकवानपुर ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.