परिचय

आयु (जीवन) + वेद (विज्ञान)= जीवनको विज्ञानको रुपमा चिनिने आयुर्वेद नेपालमा आदिकालबाट शुरु भए पनि एउटा संस्थागत रुपमा प्रताप मल्लको शासन कालबाट शुरु भएको हो।तत्पश्चात सिंहदरवार वैद्यखाना, नरदेवी चिकित्सालय, आयुर्वेद औषधालय, अञ्चल आयुर्वेद औषधालय हुदैं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको रुपमा देश भरी आयुर्वेद संस्थाहरु स्थापना गरिने क्रममा यो संस्था शुरुमा अञ्चल आयुर्वेद औषधालयको नाममा स्थापना भएको थियो ।
हाम्रो देश नेपाल प्रादेशिक संरचनामा आए पछि बागमती प्रदेश सरकारले आ.व.२०७७/०७८ मा यस कार्यालयको नाम परिवर्तन गरी “जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर ” राख्नु भन्दा पुर्व यसको नाम नारायणी अंचल आयुर्वेद औषधालय थियो जुन सर्व प्रथम पर्सा जिल्लाको रानीगंज भन्ने ठाउँमा स्थापना भएको थियो। त्यहाँ बाट २०३४ सालमा सारेर मकवानपुर जिल्ला हेटौडाको सानो पोखरामा सेवा संचालन गरिएको थियो।त्यस पछि २०३८ सालमा आफ्नै भवनबाट सेवा संचालन गरेको यस कार्यालयको पहिलो कार्यालय प्रमुख डा.वैद्यनाथ भट्ट हुनु हुन्थ्यो।यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा मुख्य रूपमा आयुर्वेदिक चिकित्सा पद्धतिमा रहेर विभिन्न किसिमका सर्ने तथा नसर्ने रोगहरुको उपचार गरिनुको साथै भविष्यमा रोगहरु लाग्न नदिन तथा त्यसबाट बच्नका लागि दिनचर्या रात्रीचर्या ऋतुचर्या आहार विहार, संशमन संशोधन चिकित्सा, योग पञ्चकर्म आदि...
भिजन / मिसन
स्वस्थस्य स्वास्थ्य रक्षणं ,आतुरस्य विकार प्रशमनं च ।। स्वस्थ व्यक्तिको स्चास्थ्य रक्षा गर्नु र अस्वस्थ व्यक्तिको रोगको उपचार गर्नु मुख्य उद्देश्य लिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरले बागमती प्रदेश सरकारको निर्देशनमा रही आयुर्वेद तथा वैकल्पिक चिकित्सा माध्यमबाट शाररिक, मानसिक र अध्यात्मिक रुपमा स्वस्थ नागरिक तथा स्वस्थ्य समाज निर्माण गर्ने हो।
बुलेटिन, बोलपत्र दस्तावेज
शीर्षक | डाउनलोड |
---|---|
कुनै डाटा फेला परेन |
शीर्षक | डाउनलोड |
---|---|
कुनै डाटा फेला परेन |
डाउनलोड, योजना तथा कार्यक्रम
शीर्षक | डाउनलोड |
---|---|
करार सेवामा भर्ना गर्ने सम्बन्धी फाराम
प्रकाशित मिति:
२०८१-०४-०४
|
शीर्षक | डाउनलोड |
---|---|
कुनै डाटा फेला परेन |