जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मकवानपुरमा सशुल्क फार्मेसी संचालन

साझा संदेश २०७९-०५-०९ डाउनलोड

हेटौंडा – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले फार्मेसी सञ्चालनमा ल्याएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले शुक्रबार फार्मेसीको उद्घाटन् गरेपछि सञ्चालनमा आएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यसअघि ध्यान नदिएको आयुर्वेदलाई सुधारका लागि प्राथमिकतामा राखेको वताउनुभयो । उहाँले प्रदेशमा आयुर्वैदिक सेवालाई जिम्मेवारीपुर्वक प्रदान गर्न निर्देशन दिँदै आयुर्वेदिक औषधी उत्पादन पनि थालिएको बताउनुभयो । यस्तै प्रदेशका चार वटा जिल्लामा आयुर्वेद अस्पतालका भवन निर्माण सुरु गर्न लागिएको पनि मन्त्री वस्नेतले जानकारी दिनुभयो । फार्मेसी सञ्चालन गर्न सामाजिक बिकास मन्त्रालयले गत आथिर्क बर्षमा मकवानपुर, चितवन र ललितपुर स्थित आयुर्वेदिक औषधालयहरु प्रत्येकलाई १० लाखको दरले बजेट छुट्याइएको थियो । यिमध्ये हेटौंडा कार्यालयको फार्मेसी पहिलोपटक उद्घाटन गरि सञ्चालनमा ल्याइएको हो । यसपछि चितवन र ललितपुरको आर्युवेदिक फार्मेसी सञ्चालनको तयारीमा रहेको छ । यसैगरि प्रदेशका १३ जिल्लामै आयुर्वेदिक फार्मेसीहरु सञ्चालन गर्दै जार्ने मन्त्रालयको योजना छ । औषधालयका अध्यक्ष मधु बजगाई क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेल, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर यमुना कडेल, सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई लगायतको उपस्थिति थियो ।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , मकवानपुर ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.